अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भीम रावललाई प्रधानमन्त्रीको जवाफ : ‘म कुन पार्टीको हो सर्वोच्चलाई सोध्न जानू’

भीम रावललाई प्रधानमन्त्रीको जवाफ : ‘म कुन पार्टीको हो सर्वोच्चलाई सोध्न जानू’


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री कुन पार्टीको हो भनेर सोध्नेहरूलाई जानकारी नभए सर्वोच्च अदालत जान सुझाव दिनुभएको छ ।

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा काठमाडौंमा सोमबार भएको कार्यक्रममा प्रधानमन्त्री ओलीलले यस्तो सुझाव दिनुभएको हो ।

‘प्रधानमन्त्री कुन पार्टीको हो भनेर सोध्नेलाई मैले सोध्न नपरोस् तपाईं कुन पार्टीको हो भनेर,’ प्रधानमन्त्री ओलीलले भन्नुभयो, ‘नेकपाको म साधारण सदस्य पनि होइन । अदालतले नै भन्यो कुन पार्टीको अध्यक्ष हो भनेर । अब हुँदा हुँदा प्रधानमन्त्री कुन पार्टीको हो भनेर थाहा नपाउने हो भने सर्वोच्च अदालतमा सोध्न जानुस् ।’

प्रतिनिधि सभाको आइतबारको बैठकमा सांसद भीम रावलले प्रधानमन्त्री कुन पार्टीको भन्द्र प्रश्न गर्नुभएको थियो ।