अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

नेकपा फाल्दै धुम्बाराहीमा ३२ महिनापछि नेकपा एमालेको बोर्ड राखियो

नेकपा फाल्दै धुम्बाराहीमा ३२ महिनापछि नेकपा एमालेको बोर्ड राखियो


काठमाडौं– सर्वोच्च अदालतको फैसलाबाट पुनःस्थापित नेकपा एमालेले केन्द्रीय कार्यालय धुम्बाराहीमा ३२ महिनापछि फेरि एमालेको साइनबोर्ड राखेको छ ।

देशभरका कार्यालयहरुमा नेकपाको साइनबोर्ड फाल्दै नेकपा एमालेका बोर्ड राखिएको हो । २०७५ जेठ ३ गते पार्टी एकीकरण भएसँगै धुम्बाराहीमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बोर्ड राखिएको थियो ।

नेकपा एमाले केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालले केन्द्रदेखि सबै तहका कार्यालयहरू अब एमालेकै नाममा फर्किएको बताउनुभयो ।

अदालतको फैसलाबाट उत्साहित हुनुभएका केपी ओली पक्षधर नेता कार्यकर्ताले मंगलबारनै अधिकांश जिल्लामा एमालेको साइनबोर्ड राखिसकेका थिए ।

अब सबै संरचनाहरू पनि एमालेकै क्रियाशील हुनेछन् ।