अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

नेकपा एमालेको सुदूरपश्चिम इन्चार्जमा लेखराज भट्ट

नेकपा एमालेको सुदूरपश्चिम इन्चार्जमा लेखराज भट्ट


काठमाडौं- सुदूरपश्चिम नेकपा एमालेको प्रदेश कार्यालयको इन्चार्जमा लेखराज भट्टलाई चयन गरिएको छ ।

भीम रावललाई हटाउँदै उद्योगमन्त्रीसमेत रहनुभएका भट्टलाई आज नेकपा एमाले सुदूरपश्चिम प्रदेशको इन्चार्जमा चयन गरिएको हो । प्रदेश कार्यालयमा उहाँको नाम लेखिएको नेम प्लेटसमेत राखिएको छ ।

‘पार्टी विभाजन हुने बेला भट्ट नै हाम्रो सुदूरपश्चिम इन्चार्ज हुनुहुन्थ्यो,’ एमालेका एक नेताले भन्नुभयो, ‘अहिले पनि उहाँ नेकपा एमालेमै हुनुहुन्छ। अबको सुदूरपश्चिम इन्चार्ज पनि उहाँ नै रहनुहुनेछ ।’

मन्त्री भट्ट नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य पनि हुनुहुन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि भट्टले ओली पक्षलाई नै समर्थन गर्नु भएको थियो ।