त्यो बाधा एमालेका लागि हटेको छ
नेपाल कम्युनिस्ट पार्टीको विभाजन हुँदा त दुःखी हुनुपर्ने हो । तर एकताका तीनवर्षका गतिविधि देखेपछि मधेसमा एक किसिमको खुशियाली छ । हाम्रो शीर्ष नेतृत्वले एमाले र माओवादी पार्टी एकता गरेर एउटै कम्युनिस्ट पार्टी एउटा बनायो । हामीले पनि मान्यौं राम्रै भयो । समग्र देश बनाउने कुरामा, कानुन बनाउने कुरामा पूर्ण बहुमत भयो । एकदम राम्रो काम भयो । तर सरकारले एकदम राम्रो काम गर्दैगर्दा पनि हामीले पार्टीको कामचाहिँ गर्नै पाएनौं ।
पार्टी सञ्चालनको जिम्मा कार्यकारी अध्यक्ष प्रचण्डलाई थियो । उहाँले किन हो यतातिर ध्यानै दिनुभएन । नेपाल कम्युनिस्ट पार्टीको संगठन बनाउन चाहिँ सारै नै बाधा थियो हामीलाई । खुसीका साथ भन्नुपर्दछ त्यो बाधा एमालेका लागि हटेको छ अब । किनभने एकता भेला गर्दा गर्दै तीनवर्ष बित्यो । कतै पार्टीको एकता भेला, कतै किसान महासंघको कतै जनवर्गीय संगठनको । तर त्यसमा भागबण्डा नमिलेर ठाउँठाउँमा झडप हुने स्थिति आयो । संगठन बनाउन एकदम अवरोध भयो । दुईटा ठूला ठूला पार्टी मिलाएपछि हामीलाई संगठन चलाउन एकदम अफ्ठेरो भएको थियो । नेकपा (एमाले) जस्तो व्यवस्थित पार्टी नेकपा माओवादी केन्द्र थिएन । एमालेको त टोल कमिटी, वडा कमिटी, क्षेत्र, इलाका, जिल्ला, अञ्चल, प्रदेश, केन्द्रसम्म व्यवस्थित थियो । हामीसँग बैठक खाता थिए,पार्टीका जिम्मेवारी र त्यसको नतिजा पनि थियो । सारा प्रमाण थियो । त्यस आधारमा हामी एकता गर्दैथियौं तर उहाँहरुसँग केही थिएन आधार । उहाँहरु भागबण्डा धेरै खोज्ने तर व्यवस्थित तरिकाको डकुमेन्ट नहुनुपर्ने । बोलेकै आधारमा पत्याएर भाग दिनुपर्ने ।
संगठन बनाउन हामीले कामै गर्न पाएका थिएनौं । बल्ल अब हामीले संगठन, पार्टी, पार्टीका विचार, सिद्धान्त, सरकारका काम आदि कुराहरु खुला रुपले जनतामा लिएर जान पाइने भयो ।
सरकारको काम मधेसीले देखेका छन्
मधेसमा जनतालाई विकास र रोजगारी चाहिएको छ । त्यो कुरा अहिलेको सरकारले गर्न खोज्दैछ । यो कुुरा मधेसी जनताले थाहा पाएका छन् । यहाँका जनताको आँखा खुलेको छ । को राम्रो, को नराम्रो छुट्याउन सक्छन् । विगतमा सरकारले केही नै गरेन भनेर जसले हल्ला फिंजाएका थिए उनीहरु निरुत्साहित भएका छन् ।
पार्टी सञ्चालनको जिम्मा कार्यकारी अध्यक्ष प्रचण्डलाई थियो । उहाँले किन हो यतातिर ध्यानै दिनुभएन । नेपाल कम्युनिस्ट पार्टीको संगठन बनाउन चाहिँ सारै नै बाधा थियो हामीलाई । खुसीका साथ भन्नुपर्दछ त्यो बाधा एमालेका लागि हटेको छ अब ।
यसभन्दा अघिका सरकारले मधेसका लागि यति उदार भएर बजेट दिएका थिएनन् । सरकारले हुलाकी राजमार्गको कामलाई अझ गतिदिनु पर्दछ । द्रुत मार्गलाई चाँडो टुंग्याउनु प¥यो । अन्तर्राष्ट्रिय विमानस्थलको काम थालनी गर्नुपर्दछ । राजविराजमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्ने कुरा प्रधानमन्त्रीले तीनबर्ष अघि भन्नुभएको हो । त्यसको लागि बजेट पनि विनियोजन भएको छ तर काम सुरु हुन सकेको छैन अहिलेसम्म । मधेसका लागि रामराजा प्रसादसिंहको स्मृतिमा बनाइने हरेक कुराको खास अर्थ छ । एमालेले पनि यो प्रतिष्ठान निर्माणको एजेण्डा बोक्नु पर्दछ र काम सुरु गर्न सरकारलाई भन्नुपर्दछ ।
औद्योगिक करिडोरको विस्तार, रोजगारीको अवसर
मधेसको अर्को आवश्यकता रोजगारी हो । यसका लागि औद्योगिक करिडोरको विस्तार हुनु जरुरी छ । मधेसको औद्योगिक करिडोरलाई पर्सा बारामा मात्र सीमित गर्नु हुँदैन । अरु आठ वटा जिल्लामा पनि पायक पर्ने ठाउँ सप्तरी, सिराहा कहाँ हुन्छ त्यहाँ पनि एउटा करिडोर हुनुपर्दछ । त्यसैले सप्तरी सिराहातिर औद्यागिक करिडोर सुरु गर्नुपर्दछ । किनभने मधेसमा बेरोजगारी समस्या व्यापक छ । बेरोजगारीको समस्या समस्या समाधान गर्न युवाहरुलाई वैदेशिक रोजगारी जानु पर्ने बाध्यता हटाउन करिडोर विस्तार जरुरी छ ।
अनि एमालेलाई हेर्ने दृष्टिकोण बदलिन्छ
मधेसमा सिँचाइको समस्या छ । सुनकोशी मरिनको प्रधानमन्त्रीज्यूले शिलान्यास गर्नुभयो । त्यो धेरै खुशीको कुरा हो मधेसको लागि । त्यसमा म अर्को एउटा कुरा के जोड्न चाहन्छु भने अब सुनकोशी कमला मरिन डाइभर्सन पनि सुरु गर्नुपर्दछ । सुनकोशी मरिनले सिरहा–सप्तरीलाई छुँदैन । यो परियोजना २०५१ सालमा तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीले उद्घोष गर्नुभएको हो । यो परियोजनाका लागि वर्तमान सरकारले ल्याएको पहिलो बजेटमा कुरा उठाएको हो । नीति कार्यक्रममा राखियो । दोस्रोमा कुरा राखियो सर्भे हुंदैछ ,डिपिआर हुदैछ भनियो । तेस्रो बजेटमा पनि कुरा उठाउँदा सर्भे हुदैछ भनियो । एमालेले मधेसका किसानलाई सिँचाइ सुविधा उपलब्ध गराउनका लागि महत्वपूर्ण एजेण्डा लिएर जानु पर्दछ । त्यसमा मुख्य गरेर यिनै दुई वटा परियोजना हाम्रो पार्टीको दस्तावेजमा पनि राखेर मधेसमा जाँदा एमालेलाई हेर्ने दृष्टिकोण नै बदलिन्छ ।
हामीसँग बैठक खाता थिए, पार्टीका जिम्मेवारी र त्यसको नतिजा पनि थियो । सारा प्रमाण थियो । त्यस आधारमा हामी एकता गर्दैथियौं तर उहाँहरुसँग केही थिएन आधार । उहाँहरु भागबण्डा धेरै खोज्ने तर व्यवस्थित तरिकाको डकुमेन्ट नहुनुपर्ने । बोलेकै आधारमा पत्याएर भाग दिनुपर्ने ।
दाइजो र बोक्सी एमालेका एजेण्डा
दाइजो र बोक्सी परापूर्वकाल देखि नै मानव सभ्यतालाई चुनौति दिएका विकृृति हुन् । तथापी मधेसी महिला यसका सबभन्दा ठूला पीडित हुन् बोक्सीको आरोप लगाउनेलाई कानुन बनाइएको छ । तर कार्यान्वयन पक्ष फितलो छ । दाइजोको कुरामा अर्को समस्या छ । तपाईं भन्नुस दाइजो लिएको दिएको प्रमाण कसले जुटाइदिन्छ ? उदाहरणका लागि कसैले प्रहरीमा उजुरी दिन्छ कि फलानाले १० लाख रुपैयाँ दाइजो दियो वा लियो । तर प्रहरीलाई मुखले भनेर मात्र त हुँदैन । उसले प्रमाण खोज्छ त्यो कसरी दिनु ? दाइजो दिएको वा लिएको प्रमाण कही भेटिन्छ त ? त्यसमा चाँही प्रशासनले अनुसन्धान थाल्नु पर्दछ । त्यस प्रकारका उजुरी परेपछि कठघरामा ल्याएर दाइजो दिएको वा लिएको हो कि होइन त्यसको पहिचान गर्नुपर्दछ । तर हामीलाई प्रशासनले उल्टै सोध्छ कि के प्रमाण छ त दाइजो दिएको ।
झुटा मुद्दा,बोक्सी नभने पनि भन्यो भनेर फसाउने रोग फैलदैछ मधेसमा । यस्तो कुरालाई निरुत्साहित गर्नुपर्दछ । यो गम्भीर विषय छ अहिले मधेसमा । एउटा महिलाले बोक्सी भन्यो भनेर निवेदन हाल्दैमा धेरै जना फसेका छन् । यथार्थमा बोक्सीको आरोप लाउने, यातना दिनेहरु उम्किन्छन् । नलाउनेहरु फसेका छन् । एमालेका नेता कार्यकर्ताले बोक्सी र दाइजोका विरुद्ध प्रतिबद्ध हुने हो भने मधेसका महिला कति खुसी हुन्छन् । उनीहरु हिंसाबाट बाहिर आउनेछन् । यसले मधेसी महिलाको आकर्षणको पार्टी नेकपा एमाले हुनेछ ।
बालविवाह रहित मधेस बनाउने प्रतिबद्धता
बालविवाहलाई निरुत्साहित गर्नेगरी पार्टीको एजेण्डा बनाउनु पर्दछ । आफ्ना कार्यकर्ता र पार्टी सदस्यले मात्र बालविवाह गर्न दिएनन् भने मधेसको स्वरुप नै बदलिन्छ । यस बिषयमा पार्टीका स्थानीय कमिटीहरुले मुल एजेण्डा बनाएर लैजानु पर्दछ ।
एमालेले मधेसका किसानलाई सिँचाइ सुविधा उपलब्ध गराउनका लागि महत्वपूर्ण एजेण्डा लिएर जानु पर्दछ । त्यसमा मुख्य गरेर यिनै दुई वटा परियोजना हाम्रो पार्टीको दस्तावेजमा पनि राखेर मधेसमा जाँदा एमालेलाई हेर्ने दृष्टिकोण नै बदलिन्छ ।
अब जनतालाई सिद्धान्त र आदर्शका कुरा भन्दा पनि दैनिक जीवनमा आइपर्ने समस्यालाई पार्टीले मुद्धा बनाएर लैजानु पर्दछ । यी कुरा सुन्दा साना भए पनि मधेसको घरघर र जनजनलाई छुने कुरा हुन् । दिवा खाजा मधेसका हरेक आधारभुत विद्यालयमा अनिवार्य गर्नुपर्दछ । किनभने हामीले स्कूल भराउ मात्र होइन कि टिकाउ अभियान पनि सञ्चालन गर्नुपर्दछ ।
अहिले नेकपा एमालेले यस्ता प्रकारका एजेण्डालाई बोकेर मधेस झर्नुपर्दछ । दिवा खाजालाई निरन्तरता दिन सकियो भने सबै बालबालिका विद्यालयमा हुनेछन् । शिक्षामा अगाडि बढाइयो भने आत्मनिर्भर बनाउन सकिन्छ ।
प्रतिक्रिया