अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

एमालेको दशौँ महाधिवेशन मंसिर २ देखि ६ गतेसम्म गर्ने निर्णय

एमालेको दशौँ महाधिवेशन मंसिर २ देखि ६ गतेसम्म गर्ने निर्णय


काठमाडौं- नेकपा एमालेको दशौँ महाधिवेशन आउँदो मंसिर २ देखि ६ गतेसम्म हुने भएको छ ।

शुक्रबार बालुवाटारमा बसेको बैठकले महाधिवेशनको मिति मंसिर २ देखि ६ गतेसम्म तोकेको हो ।

त्यस्तै, बैठकले नेकपा माओवादी केन्द्रबाट एमालेमा आएका २३ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरिएकाे छ ।

शुक्रबार बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले रामबहादुर थापा ‘बादल’ सहित माओवादीबा आएका, ऊर्जा मन्त्री टोपबहादुर रायमाझी, खानेपानी मन्त्री मणि थापा, उद्योग मन्त्री लेखराज भट्ट, शहरी विकास मन्त्री प्रभुसहित २३ जनालाई एमालेको केन्द्रीय सदस्यमा मानेनित गरिएको हो ।

योसँगै अब एमालेको केन्द्रीय कमिटी २६४ सदस्यीय भएको छ ।

साथै, बैठकले संगठन विभागको प्रमुखको जिम्मेवारी विष्णु पौडेललाई दिने निर्णय गरेको छ । विदेश विभागको जिम्मेवारी भने डा. राजन भट्टराईले पाउनु भएको छ ।

बैठकले प्रदीप ज्ञवालीलाई पार्टी प्रवक्ताको जिम्मेवारी दिने निर्णय पनि गरेको छ ।

एमालेले तोक्यो सातै प्रदेशमा इन्चार्ज