अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

बादलसहित माओवादीका २३ नेता एमालेको केन्द्रीय सदस्यमा मनोनित

बादलसहित माओवादीका २३ नेता एमालेको केन्द्रीय सदस्यमा मनोनित


काठमाडौं- नेकपा माओवादी केन्द्रका २३ जना नेकपा एमालेको केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।

शुक्रबार बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले रामबहादुर थापा ‘बादल’ सहित माओवादीबा आएका, ऊर्जा मन्त्री टोपबहादुर रायमाझी, खानेपानी मन्त्री मणि थापा, उद्योग मन्त्री लेखराज भट्ट, शहरी विकास मन्त्री प्रभुसहित २३ जनालाई एमालेको केन्द्रीय सदस्यमा मानेनित गरिएको हो ।

योसँगै अब एमालेको केन्द्रीय कमिटी २६४ सदस्यीय भएको छ ।

त्यस्तै, बैठकले एमालेको दशौँ महाधिवेशन आउँदो मंसिर २ देखि ६ गतेसम्म गर्ने निर्णय पनि गरेको छ ।

साथै, बैठकले संगठन विभागको प्रमुखको जिम्मेवारी विष्णु पौडेललाई दिने निर्णय गरेको छ । विदेश विभागको जिम्मेवारी भने डा. राजन भट्टराईले पाउनु भएको छ ।

बैठकले प्रदीप ज्ञवालीलाई पार्टी प्रवक्ताको जिम्मेवारी दिने निर्णय पनि गरेको छ ।

एमालेले तोक्यो सातै प्रदेशमा इन्चार्ज