अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

एमालेको निर्देशन– ‘अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेको भए फिर्ता लिनू’

एमालेको निर्देशन– ‘अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेको भए फिर्ता लिनू’


काठमाडौं– नेकपा एमालेले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका आफ्ना सांसदलाई नाम फिर्ता लिन आग्रह गरेको छ ।

शुक्रबार पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले विज्ञप्ति निकालेर अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेको भए फिर्ता लिन सांसदहरुलाई निर्देशन दिनुभएको हो । नेकपा एमालेका सांसदसमेत सहभागी भई वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको हो ।

शुक्रबार बसेको केन्द्रीय कमिटीको विशेष बैठकको निर्णय भन्दै विज्ञप्तिमा पार्टी निर्णय अनुरुप चल्न सांसदहरुलाई आग्रह गरिएको छ । विज्ञप्तिमा पार्टीको संसदीय दलका नेताहरुलाई आफ्ना सदस्यलाई अनुशासित र एकतावद्ध भई परिचालित गर्न निर्देशन दिइएको छ ।