अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बैठकमा नआए पार्टीको विधानअनुसार कारबाही हुन्छ : प्रधानमन्त्री ओली

बैठकमा नआए पार्टीको विधानअनुसार कारबाही हुन्छ : प्रधानमन्त्री ओली


काठमाडौं- प्रधानमन्त्री एवं नेकपा एमालेका केपी शर्मा ओलीले पुस ७ गतेको केन्द्रीय कमिटी बैठकमा सहभागी हुन सबै सदस्यलाई आग्रह गर्नुभएको छ ।

१११औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा एमालेनिकट अखिल नेपाल महिला संघले शनिबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले केन्द्रीय कमिटीको बैठकमा सहभागी हुन आग्रह गर्नुभएको हो ।

‘पेरिसडाँडाबाट रुवाबासी गर्दै हिँड्नु भएको थियो रे । केही दिन अर्याल होटलमा बास बस्नु भएको छ रे । प्रशस्त समय रहोस् भनेर ७ गते बैठक बोलाएको छु,’ उहाँले भन्नुभयो, ‘७ गते केन्द्रीय कमिटी बैठक बालुवाटारमा बोलाएको छु । केन्द्रीय कमिटीका सदस्यहरू आउनुहोला । अनुपस्थित रहँदै जानुभयो भने विधानको व्यवस्थाअनुसार हुँदै जानेछ ।’

प्रधानमन्त्री ओलीले माधवकुमार नेपाल पक्षका नेताहरूलाई सच्चिन पनि आग्रह गर्नुभयो । ‘बाटो बिराएका नेताहरूलाई पनि भन्न चाहन्छु, सच्चिनुस् र आउनुस्, केपी ओलीलाई ठेगान लगाउन आउनुभयो भने बाटैमा ठेस लाग्छ ।’