काठमाडौं– नेकपा एमालेका नेताद्वय घनश्याम भूसाल र योगेश भट्टराईले निःशर्त चैत ७ गतेको बैठकमा नजाने बताउनुभएको छ ।
भर्चुअल बैठकलाई शनिबार सम्बोधन गर्दै दुवै नेताले बैठकलाई गुटमुक्त गरे सहभागी हुन सकिने धारणा राख्नुभयो । ‘गुट जसरी बोलाए जाँदैनौं,’ भूसालले भन्नुभयो, ‘बैठकजसरी बोलाए जान्छौं ।’ प्रधानमन्त्रीले चाहे धेरै कुरा रिकभर गर्न सकिने बताउँदै उहाँले ६ महिनामा पार्टी पुनर्जागृत हुने उल्लेख गर्नुभयो ।
भट्टराईले भने निःशर्त बैठकमा नजाने बताउनुभयो । ‘निःशर्त जाँदैनौं, एकताको सन्देश दिन सकिन्छ भनेर नेताहरुबीच सहमति निर्माण भयो भने भन्न सकिन्छ,’ उहाँको भनाइ थियो, ‘फेरि पनि गुटको बैठक भए नजाने ।’ उहाँले बैठकमा सहभागी नहुँदा कारबाही होला, सदस्यताबाट हटाइला, सांसदबाट निकालिएला भन्ने नसोच्ने बताउनुभयो । ‘पुष्पपाल सांसद हुनुभएन, मदन भण्डारी प्रधानमन्त्री नै हुनुभएन, यो पद ठूलो कुरा होइन,’ उहाँले भन्नुभयो ।
भट्टराईले एकतालाई कमजोर बनाउने प्रयत्न गर्न नहुने बताउनुभयो ।
प्रतिक्रिया