काठमाडौं- नेकपा एमालेको कर्णाली प्रदेश संसदीय दलको बैठक चैत चार गते बोलाइएको छ । पार्टी प्रदेश इन्चार्जसमेत रहनु भएका एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले चार गतेका लागि बैठक बोलाउनु भएको हो ।
एमालेका सबै प्रदेशसभा सदस्यलाई बैठकमा उपस्थितिका लागि खबरसमेत गरिसकिएको नेकपा एमालेका प्रमुख सचेतक एवम् कर्णाली प्रदेश अध्यक्ष ग्लावजंग शाहले जानकारी दिनुभयो ।
दिउँसो एक बजेका लागि बैठकमा उपस्थित हुन खबर आएको उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले जानकारी दिनुभयो ।
प्रतिक्रिया