देउखुरी- दाङको लमहीमा आगलागी हुँदा छ घर जलेर नष्ट भएका छन् । लमही नगरपालिका-६ राप्ती टोल विकास संस्था (ढिकपुर) स्थित सोमबार विहान १० बजे विद्युतको तार सट भइ छ वटा खरका छाना भएको घरमा पूर्णरूपमा क्षती भएका प्रहरीले जनाएको छ ।
अहिले लमही नगरपालिका र गढवा गाउँपालिकाको दमकल र वडा प्रहरी कार्यालय लमही, शसस्त्र प्रहरी, नेपाली सेना, स्थानियको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको थियो ।
राप्ती टोल विकास संस्थाका अध्यक्ष अनुप बुढाले आगलागीबाट लमही नगरपालिका वडा नम्बर ६ ढिकपुर निवासी बलिराम चौधरी, सर्जु चौधरी, बसन्त चौधरी, प्रेम चौधरी, कान्छू चौधरी, रेमशबहादुर बुढाको घर जलेर नष्ट भएको जानकारी दिनुभयो ।
आगलागीबाट के कति क्षती भएको भन्ने अहिलेसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया