पोखरा- गण्डकी प्रदेश खेलकुद परिषद्को सदस्य सचिवमा कास्कीका तेजबहादुर गुरुङलाई नियुक्त गरिएको छ । गुरुङलाई प्रदेश मन्त्रिपरिषद्को बैठकले सदस्य सचिवमा नियुक्तिको निर्णय गरेको हो ।
सदस्य सचिवको कार्यकाल चार वर्षको हुनेछ । प्रदेश सरकारले सदस्य सचिव छनोटका लागि खुला दर्खास्त आह्वान गरेको थियो ।
सामाजिक विकासमन्त्री नरदेवी पुनमगरको संयोजकत्वमा गठित तीन सदस्यीय सिफारिस समितिले सदस्य सचिव नियुक्तिका लागि गुरुङको नाम मन्त्रिपरिषद्मा पेश गरेकामा सो प्रस्तावलाई अनुमोदन गरेको हो ।
प्रतिक्रिया