अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

सत्यसँग लड्दैनौँ, बेठीक गर्नेहरूसँग झुक्दैनौँ : प्रधानमन्त्री ओली

सत्यसँग लड्दैनौँ, बेठीक गर्नेहरूसँग झुक्दैनौँ : प्रधानमन्त्री ओली


काठमाडौं- नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका नेताकार्यकर्तालाई संयमता अपनाउन आग्रह गर्नुभएको छ ।

आज सरकारी निवास बालुवाटारमा भएको चियापान समारोहलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘कहिले जङ्गली राज चलाउन खोज्दैछन् अनि विधि पद्धतिका कुरा गर्दैछन् तर हामी सत्यसँग लड्दैनौँ तर बेठीक गर्नेहरूसँग झुक्दैनौँ ।’

उहाँले प्रधानमन्त्री एवं पार्टीका अध्यक्षले बोलाएको चियापानमा सहभागी नहुनेहरू कसको निमन्त्रणमा सहभागी हुनुहुन्छ भन्दै प्रश्नसमेत गर्नुभयो ।

‘उहाँहरूले भोलि राष्ट्रिय भेला बोलाउने, प्रतिवेदन पास गर्ने अरे । समानान्तर कमिटीहरू बनाउने रे । समानान्तर होइन, अर्को कमिटी बन्ला। कसैले पनि अर्को पार्टी बनाउँछ कि कमिटी बनाउँछ कि, के गर्न सकिन्छ र ? तर, एउटै पार्टीमा बसेर अब उपरान्त अराजकता, अनुशासनहीनता, उच्छृंखलता जस्ता कुराहरू, विधिविधान विपरीत, एकता विरोधी क्रियाकलापहरुमा छुट हुने छैन । ती कुराहरु मान्य हुन सक्दैन । हामी सहेर बसिरहन सक्दैनौं,’ प्रधानमन्त्रीले भन्नुभयो, ‘अचाक्ली भयो । पार्टीलाई पार्टीको रूपमा चल्न नदिने, भाँडभैलो मच्चाउने, जहिले पनि भाँडभैलो, यो कुरा चाहिँ हुन सक्दैन ।’