अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तेस्रो पटक चयन हुँदा प्रचण्ड दलको नेता पक्का !

तेस्रो पटक चयन हुँदा प्रचण्ड दलको नेता पक्का !


काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड चार महिनामा तीन पटक संसदीय दलको नेता चयन हुनुभएको छ । तेस्रो पटक सो पदमा निर्वाचित भएपछि चाँहि उहाँ दलको नेतामा पक्का हुनुभएको हो ।

संसद विघटन भएपछि पुस ८ गते माधव नेपालले प्रचण्डलाई दलको नेता प्रस्तव गर्नुभएको थियो । त्यसबेला नेकपाको दलको नेता प्रधानमन्त्री केपी शर्मा ओली हुनुहुन्थ्यो । तर, प्रचण्डको रहर पूरा गर्न उहाँ पक्षका सांसदहरूले दलको नेता चयन गरेर प्रचण्डको मन बुझाइदिएका थिए ।

प्रचण्डलाई त्यतीले मात्र दलको नेता फिलिङ नभएपछि उहाँ पक्षीय केन्द्रीय कमिटीको बैठकमा १९ फागुनमा फेरि दलको नेता बन्ने प्रस्ताव लैजानुभयो । त्यसबेला कतिपय सांसदहरूले संसदीय दलको नेता बन्न संसदीय दलको बैठकमा प्रस्ताव लैजानु पर्ने तर केन्द्रीय कमिटीमा प्रस्ताव लैजानु नपर्ने भनेर सुझाएका थिए । तर, प्रचण्डको मन नमानेर त्यहाँबाट पनि आफूलाई दलको नेतामा अनुमोदन गराउनुभयो ।

फागुन २३ को सर्वोच्चको फैसलाले नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकतालाई भंग गरेपछि उहाँ आज फेरि दलको नेता चयन हुनुभएको छ ।

‘माओवादी केन्द्रको संसदीय दलमा उपस्थित सांसदले समर्थन गरेपछि प्रचण्ड वैधानिक रूपमा दलको नेता चयन हुनुभएको हो,’ माओवादी केन्द्रका एक सांसदले नेपाली बहस डट कमसँग भन्नुभयो, ‘दलको नेता बन्ने उहाँको रहरले आज वैधनिकता पाएको छ ।’

बैठकले देवप्रसाद गुरुङलाई प्रमुख सचेतक चयन गरेको छ ।

हुन त एकता भंग भए पछि एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रचण्डलाई व्यंग्य गर्दै भन्नुभएको थियो, ‘प्रचण्डजी अब चाँहि दलको नेता पक्का हुनुभयो ।’