सुर्खेत- नेकपा एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।
एमाले संसदीय दलको नेता यामलाल कँडेलका अनुसार बुधबार बसेको प्रदेशसभा संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । बैठकले मन्त्रीहरूलाई पनि फिर्ता हुन निर्देशन दिएको उहाँले जानकारी दिनुभयो ।
माओवादी केन्द्रका महेन्द्रबहादुर शाही मुख्यमन्त्री रहेको सरकारमा एमालेबाट आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन तथा वातावरणमन्त्री नन्दसिंह बुढा रहेका छन् ।
साथै, बैठकमा नआएका सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय पनि भएको नेता कँडेलले बताउनुभयो । बैठकमा माधव नेपाल पक्षका सांसद अनुपस्थित थिए ।
प्रतिक्रिया