अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हाम्रा माग सम्बोधन गर्न सरकार सकारात्मक देखिएको छ : लक्ष्मणलाल कर्ण

हाम्रा माग सम्बोधन गर्न सरकार सकारात्मक देखिएको छ : लक्ष्मणलाल कर्ण


काठमाडौं- जनता समाजवादी पार्टी नेपाल (जसपा)का नेता लक्ष्मणलाल कर्णले आफ्ना पूरा गर्न वर्तमान सरकार सकारात्मक देखिएको बताउनुभएको छ ।

उहाँले संविधान संशोधन, नागरिकतालगायत जसपाले उठाउँदै आएका मुद्दालाई सबैधानिक र कानूनीबाटोबाट सम्बोधन गर्नेमा सरकार सकारात्मक देखिएको बताउनुभएको हो ।

राजनीतिक दलहरूबीच सरकार गठनको कसरत चलिरहेका बेला जसपाका नेता कर्णले आफूहरूका मागमा प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक देखिनुभएको बताउनुभयो ।

साथै, नेता कर्णले वर्तमान अवस्थामा जसपाको नेतृत्वमा सरकार बनाउन नहुने सबेमत बताउनुभयो ।

‘जसपाले अहिलेको अवस्थामा आफ्नो नेतृत्वमा सरकार बनाउन हुँदैन । यो मेरो व्यक्तिगत धारणा हो । यो सरकार अरुको हत्केलामा हुन्छ,’ सिंहदरबारमा बुधबार सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो, ‘अरूको हत्केलामा भएको सरकार जुन बेला पल्टाईदिन्छ, त्यो बेला साफ हुन्छ । त्यसकारणले सरकारमा जानु अलग हो । सरकारलाई समर्थन गर्नु अलग हो । सरकारै चलाउने विषय झन अलग हो । यसको लागि पार्टीले भने त मेरो विचार काम लाग्दैन ।’