अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज एमाले संसदीय दलको बैठक, वामदेव र बिडारीलाई पनि बोलाइयो

आज एमाले संसदीय दलको बैठक, वामदेव र बिडारीलाई पनि बोलाइयो


काठमाडौं– सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले)ले बिहीबार संसदीय दलको बैठक बोलाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार बिहान ११ बजेका लागि संसदीय दलको बैठक बोलाउनुभएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो । संसदीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रमुख सचेतक भट्टराईले बताउनुभयो ।

असन्तुष्ट माधवकुमार नेपाल र झलनाथ खनाल समूहले राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरिरहेको बेला प्रधानमन्त्रीले दलको बैठक बोलाउनुभएको हो । खनाल–नेपाल पक्षका नेता योगेश भट्टराईले आजको बैठकमा सहभागी नहुने बताए पनि जुनियर केही सांसद दलको बैठकमा सहभागी हुने बताइएको छ ।

प्रमुख सचेतक भट्टराईका अनुसार बैठकमा राष्ट्रपतिद्वारा राष्ट्रिय सभामा मनोनीत सांसदहरु बामदेव गौतम, रामनारायण बिडारी र विमला पौड्याल राईलाई पनि बोलाइएको छ ।