अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सर्वोच्चले टाउकोमा ड्याम्म हानिदियो : प्रचण्ड

सर्वोच्चले टाउकोमा ड्याम्म हानिदियो : प्रचण्ड


काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतले आफूहरुलाई नराम्ररी पछारिदिएको बताउनुभएको छ ।

सिन्धुलीमा बिहीबार भएको कार्यक्रममा अध्यक्ष प्रचण्डले प्रतिनिधि सभा पुनःस्थापनामा आफूहरुले खुसी मनाइरहेकाबेला सर्वोच्च अदालतले नराम्ररी पछारिएको उल्लेख गर्नुभयो । ‘प्रतिनिधिसभा पुनःस्थापनापछि हामी रिल्याक्स मनाइरहेका थियौं, सर्वोच्चले पार्टी फुटाएर फेरि एकपटक टाउकोमा ड्याम्म हानिदियो,’ उहाँले भन्नुभयो ।

जनयुद्धमा पनि एउटा मोर्चा जितेर खुसी मनाइरहँदा अर्को ठाउँमा शत्रुहरुले आक्रमण गर्ने गरेको प्रचण्डले स्मरण गर्नुभयो ।

सर्वोच्चले दुई पार्टीलाई अलग अलग बनाएर ‘जन्मिसकेको बच्चालाई आमाको पेटमा लगेर हालिदिएजस्तो’ फैसला गरेको प्रचण्डको टिप्पणी थियो ।