अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बालुवाटार हिँड्नुभएका सांसदहरु फेरि हेरिटेजमै फर्कनुभयो

बालुवाटार हिँड्नुभएका सांसदहरु फेरि हेरिटेजमै फर्कनुभयो


काठमाडौं– नेकपा एमाले संसदीय दलको बैठकमा जान हिँड्नुभएका नेता माधवकुमार नेपाल निकटका सांसदहरु पुनः ललितपुरको हेरिटेज गार्डेन होटलमै फर्कनुभएको छ ।

ललितपुरमा भइरहेको राष्ट्रिय भेलामा सहभागी २५ जनाभन्दा बढी सांसदहरु पार्टी अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा सहभागी हुन हिड्नुभएको थियो । मुख्य नेताबाहेकका सांसदहरु बैठकमा सहभागी हुने तर हाजिर लगाएर फर्कने निर्णय भएको थियो ।

कतिपय सांसदहरुले मुख्य नेताबिना आफूहरुले कसरी मुख देखाउने भन्दै प्रश्न गर्न थालेपछि बालुवाटार हिँड्नका लागि प्रस्थान गर्नुभएका सांंसदहरु पुनः होटलमै फर्कनुभयो ।

राष्ट्रिय भेला सकिएपछिको दलको बैठकमा भने सहभागी हुने नेताहरुको भनाइ छ ।