अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले संसदीय दल बैठक :

एमाले संसदीय बोर्ड र विधान संशोधन गर्न कार्यदल गठन गर्ने निर्णय

एमाले संसदीय बोर्ड र विधान संशोधन गर्न कार्यदल गठन गर्ने निर्णय


काठमाडौं- नेकपा एमालेले संसदीय दलको बोर्ड गठन गरेको छ । बालुवाटारमा जारी दलको बैठकले बोर्ड गठन गर्ने निर्णय गरेको हो । बोर्डमा पार्टी वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाललगायत २७ जना रहने बताइकाे छ ।

बैठकले संसदीय दलको विधान संशोधन प्रक्रिया पनि अगाडि बढाएको छ । विधान संशोधन गर्न कार्यदल गठन गरिने भएको छ ।

कार्यदलमा विशाल भट्टराई, शेरबहादुर तामाङ र विमला राई पौड्याल रहेका छन् । बैठकमा वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहका सांसदहरू भने अनुपस्थित छन् ।