काठमाडौं- नेकपा एमालेका संसदीय दलको बैठकले पार्टीबाहेक अरूले बोलाउने भेलामा नजान सांसदलाई निर्देशन दिएको छ ।
आज बालुवाटारमा बसेको बैठकले पार्टीबाहेक गुटगत भेलामा नजान सांसदहरूलाई निर्देशन दिएको हो ।
साथै, बैठकले गुट भेलामा जानेहरूलाई आत्मलोचनासहित दल र पार्टीको कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ ।
पार्टीको निर्णय नमाने कारबाही प्रक्रिया अगाडि बढाउने निर्णयसमेत गरिएको बताइएको छ । साथै, आजको बैठकले एमालेले संसदीय दलको बोर्ड र विधान संशोधन गर्न कार्यदल गठन गर्ने निर्णय पनि गरेको छ ।
प्रतिक्रिया