अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले संसदीय दल बैठक : गुटको भेलामा सहभागी भए कारबाही हुने

एमाले संसदीय दल बैठक : गुटको भेलामा सहभागी भए कारबाही हुने


काठमाडौं- नेकपा एमालेका संसदीय दलको बैठकले पार्टीबाहेक अरूले बोलाउने भेलामा नजान सांसदलाई निर्देशन दिएको छ ।

आज बालुवाटारमा बसेको बैठकले पार्टीबाहेक गुटगत भेलामा नजान सांसदहरूलाई निर्देशन दिएको हो ।

साथै, बैठकले गुट भेलामा जानेहरूलाई आत्मलोचनासहित दल र पार्टीको कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ ।

पार्टीको निर्णय नमाने कारबाही प्रक्रिया अगाडि बढाउने निर्णयसमेत गरिएको बताइएको छ । साथै, आजको बैठकले एमालेले संसदीय दलको बोर्ड र विधान संशोधन गर्न कार्यदल गठन गर्ने निर्णय पनि गरेको छ ।