अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले संसदीय बोर्डमा माधव-झलनाथदेखि रेखा झासम्म

एमाले संसदीय बोर्डमा माधव-झलनाथदेखि रेखा झासम्म


काठमाडौं- नेकपा एमालेको आज बसेको संसदीय दलको बैठकले २७ सदस्यीय संसदीयको बोर्ड गठन गरेको छ । बोर्डको प्रमुखमा दलका नेता तथा पार्टी अध्यक्ष केपी शर्मा ओली हुनुहुन्छ । त्यस्तै, बोर्ड सदस्यमा वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, उपनेता सुवास नेम्वाङ हुनुहन्छ ।

त्यस्तै, शेरबहादुर तामाङ, रघुवीर महासेठ, भुपेन्द्र थापा, खेम लोहनी, सरिता दाहाल, विमला विकलाई सदस्यमा मनोनित गरिएको छ ।

बोर्डका अन्य सदस्यमा प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी, सुमन प्याकुरेल, विमला राई पौडेल, बिन्दा पाण्डे, राधा ज्ञवाली, दामोदर भण्डारी, विद्या भट्टराई, रेखा झा, नारदमुनि राना, मोहन बानिया र राजेन्द्र राई रहेका छन् ।