अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोरोना संक्रमितलाई ५ हजार रुपैयाँ दिन सुरू

कोरोना संक्रमितलाई ५ हजार रुपैयाँ दिन सुरू


नुवाकोट- जिल्लाको बेलकोटगढी नगरपालिकाले कोभिड-१९ पोजिटिभ भई होम आइसोलेशनमा बसेका व्यक्तिलाई ५ हजार उपलब्ध गराउन सुरू गरेको छ ।

नगरपालिकाभित्र कोरोना भाइरस सङ्क्रमित भई होम आइसोलेशनमा बसेका व्यक्तिलाई पोषणभत्तास्वरुप सो रकम उपलब्ध गराउन थालिएको हो ।

गत भदौ २९ गते बसेको नगर कार्यपालिकाको बैठकले गरेको निर्णयानुसार कोरोना भाइरस सङ्क्रमित भई होम आइसोलेशनमा बसेका व्यक्तिलाई पोषणभत्तास्वरूप ५ हजार वितरण गर्न थालिएको नगरपालिकाका प्रमुख राजेन्द्ररमण खनालले जानकारी दिनुभयो ।

उहाँले कोरोना सङ्क्रमित भएर होम आइसोलेशनमा बसिसकेका १८ जनालाई प्रतिव्यक्ति ५ हजार रुपैयाँका दरले उपलब्ध गराएको बताउनुभयो ।

नगरपालिकाले कोरोना विरुद्धको अभियानमा सहयोग पुर्‍याउने उद्देश्यले कोरोना भाइरसबाट सङ्क्रमित भएका व्यक्तिलाई होम आइसोलेशनमा बस्न र सङ्क्रमणविरुद्ध पौष्टिकयुक्त अहारा खान आग्रह गर्दै त्यसबापत ५ हजार रुपैयाँ एकमुष्ट सहयोग दिने निर्णयानुसार सङ्क्रमित सबैलाई आवश्यक कागजातसहित कार्यालयमा सम्पर्क राख्न अनुरोध गरेको छ ।

प्रमुख प्रशासकीय अधिकृत दीपकप्रसाद खतिवडाले कोरोना सङ्क्रमितको सङ्ख्या करिब १ हजार हुने अनुमानसहित नगरपालिकाले उनीहरूका लागि पोषणभत्तास्वरूप ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिनुभयो ।

अहिलेसम्म नगरपालिकाभित्र कोरोना सङ्क्रमितको संख्या एक सयको हाराहारीमा रहेको स्वास्थ्य शाखा प्रमुख सत्येन्द्र शाहले जानकारी दिनुभयो ।