अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधिसभा बैठक भोलि, प्रधानमन्त्रीले प्रतिवेदन पेश गर्नुहुने

प्रतिनिधिसभा बैठक भोलि, प्रधानमन्त्रीले प्रतिवेदन पेश गर्नुहुने


काठमाडौं- प्रतिनिधिसभाको बैठक शुक्रबार बस्ने भएको छ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । भोलिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वटा वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ ।

बैठकमा प्रधानमन्त्री ओलीले लोक सेवा आयोगको ६१ औँ वार्षिक प्रतिवेदन र राष्ट्रिय मानव अधिकार आयोगका प्रतिवेदन पेश गर्नुहुने संसद सचिवालयले जनाएको छ ।

त्यस्तै, बैठकमा राष्ट्रियसभाका पूर्वसदस्य एवम् संविधानसभा सदस्य अशोक कोइरालाको निधनमा शोक प्रस्ताव पेश हुने कार्यसूची छ ।