अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राजनीतिक दलहरूले आआफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ : पूर्वराष्ट्रपति यादव

राजनीतिक दलहरूले आआफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ : पूर्वराष्ट्रपति यादव


चितवन- पूर्वराष्ट्रपति डा. रामवरण यादवले राजनीतिक दलहरू जिम्मेवारपूर्ण रूपमा अघि बढ्नुपर्ने बताउनुभएको छ । बिहीबार चितवनमा पत्रकारसँग कुरा गर्दै उहाँले दलहरूले आआफ्नो भूमिका महत्वपूर्ण ढङ्गले निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

‘दलहरूलाई नेपाली जनताले हेरिरहेका छन्,’ यादवले भन्नुभयो, ‘म आशा गर्छु, राजनीतिक दलहरूले आआफ्नो कर्तव्य निर्वाह गर्ने छन् ।’

देशलाई कसरी संविधानसम्मत चलाउने भन्ने जिम्मेवारी दलको भएको यादवले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी लोकतन्त्रमा छौँ । यसको मर्यादा, लोकतान्त्रिक मर्मअनुसार प्रतिनिधिसभालाई सञ्चालन गरेर अगाडि बढ्नुपर्छ भन्ने मलाई लाग्छ । सर्वोच्च अदालतको प्रतिष्ठा जनताका बीचमा स्थापित भएको छ । सबै संविधानको मर्मअनुसार चलौँ ।’