अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपतिको बंगलादेश भ्रमण तालिका सार्वजनिक

राष्ट्रपतिको बंगलादेश भ्रमण तालिका सार्वजनिक


काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीको दुई दिने बंगलादेश भ्रमणको तालिका सार्वजनिक भएको छ । उहाँ चैत ९ गते बंगलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिदको निम्तोमा ढाका जाँदै हुनुहुन्छ ।

परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति भण्डारी चैत १० गते स्वदेश फर्कने तालिका छ । भ्रमण टोलीमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, परराष्ट्रसचिव र राष्ट्रपति कार्यालयका प्रतिनिधि सहभागी हुनुहुनेछ ।

राष्ट्रपति भण्डारी ढाकामा आयोजना हुने बंगलादेशका राष्ट्रपति बंगबन्धु शेख मजबुर रहमानको शतवार्षीकी समारोहमा सहभागी हुनुहुनेछ । सो अवसरमा उहाँले नेपाल र बंगलादेशको द्धिपक्षीय सम्बन्ध र मित्रताबारे सम्बोधन गर्नु हुनेछ ।

बंगाभवनमा दुई मुलुकका राष्ट्रपतिबीच शिष्टाचार भेट हुने जनाइएको छ । साथै, राष्ट्रपति भण्डारीले सावरस्थित शहीद स्मारक र धनमन्डीस्थित बंगबन्धु स्मृति संग्रहालयको अवलोकन गर्नु हुनेछ ।