अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वाईसीएलको राष्ट्रिय भेला जेठ २८ देखि ३० गतेसम्म

वाईसीएलको राष्ट्रिय भेला जेठ २८ देखि ३० गतेसम्म


काठमाडौं- नेकपा माओवादी केन्द्रनिकट योङ कम्यूनिष्ट लिग नेपाल (वाईसीएल) राष्ट्रिय भेला गर्ने भएको छ । वाईसीएलले आउँदो जेठ २८ देखि ३० गतेसम्म राष्ट्रिय भेला गर्ने भएको हो ।

सर्वोच्च अदालतले माओवादी पार्टी ब्यूँताएपछि काठमाडौंमा चैत्र ४ र ५ गते बसेको वाईसीएल नेपाल केन्द्रीय समितिको चौथो पूर्ण बैठकले उक्त निर्णय गरेको हो ।

भेलाले नयाँ नीति र नेतृत्व चयन गर्ने वाइसीएलका सचिव पुष्प ओलीले बताउनुभयो । उहाँका अनुसार संगठनलाई चलायमान गराउनका लागि भन्दै राष्ट्रिय भेला अगावै टोल कमिटीदेखि प्रदेश कमिटी सम्मका भेलाहरु आयोजना हुने र राष्ट्रिय भेलाका प्रतिनिधिहरु प्रदेश भेलाबाट चुनिएर आउने छ ।