काठमाडौं- राजश्व अनुसन्धान विभागले नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल बनाई राजश्व छली गरेको अभियोगमा सन्तोषी निर्माण सेवा प्रालिका प्रमुख केशवराज कँडेलसहित तीन जनाविरुद्ध आज पाटन उच्च अदालतमा मुद्दा दायर गरेको छ ।
विभागका अनुसार पौडेलविरुद्ध १ करोड ८९ लाख २७ हजार ११२ बराबरको बिगो असुल गरी कैद सजायको माग गर्दै मुद्दा दायर गरिएको हो ।
सन्तोषी/लोहनी जेभी र सन्तोषी निर्माण सेवाले आर्थिक प्रलोभन देखाई सर्वसाधारण व्यक्तिको नागरिकता र सहीछाप दुरुपयोग गरी त्यस्ता व्यक्तिका नाममा राजश्व चुहावट गरेको पाइएको छ ।
विभागले सन्तोषी/लोहनी जेभीका सञ्चालक उज्वलराज कँडेल र लक्ष्मीकुमारी कँडेलविरुद्ध पनि समान बिगो कायम गरेको छ ।
विभागका अनुसार उनीहरूले सर्वसाधारणको नागरिकता र सहीछाप दुरुपयोग गरेर ३३ लाख ३१ हजार २२ रुपैयाँ बराबरको भ्याट र ५९ लाख ४६ हजार ४६८ रुपैयाँ बराबरको राजश्व चुहावटसमेत गरेको पाइएको छ । सन्तोषी-रौताहा जेभीको नाममा उनीहरुले उक्त कसुर गरेको पाइएको विभागले जनाएको छ ।
प्रतिक्रिया