अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस नेता जोशीको उपचार खर्च सरकारले व्यहोर्ने

कांग्रेस नेता जोशीको उपचार खर्च सरकारले व्यहोर्ने


काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नविन्द्रराज जोशीको उपचारमा खर्च भएको १० लाख रुपैयाँ सरकारले व्यहोर्ने भएको छ ।

बिहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकले जोशीको उपचारमा खर्च सरकारले व्यहोर्ने निर्णय भएको उपप्रधानमन्त्री ईश्वर पोखरेलले जानकारी दिनुभयो ।

पोखरेलले शुक्रबार बिहान नर्भिक अस्पतालमा पुगेर सरकारको निर्णयको जानकारी परिवारलाई गराउनुभएको हो । जोशीलाई भेन्टिलेटरमा राखिएको छ हाल उनको स्वास्थ्य अवस्था गम्भीर तर स्थिर रहेको अस्पतालले जनाएको छ ।

जोशी परिवारले उपचारमा आर्थिक सहयोगका लागि सरकार समक्ष निवेदन दिएको थियो ।