अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महान्यायाधिवक्ता अग्नि खरेलद्वारा राजीनामा

महान्यायाधिवक्ता अग्नि खरेलद्वारा राजीनामा


काठमाडौं– महान्यायाधिवक्ता अग्नि खरेलले राजीनामा दिनुभएको छ । खरेलले शुक्रबार बिहान प्रधानमन्त्रीमार्फत राष्ट्रपतिसमक्ष राजीनामा दिनुभएको उच्च स्रोतले जनाएको छ ।

खरेल अहिले प्रधानमन्त्री निवास बालुवाटारमा हुनुहुन्छ । खरेलको राजीनामा पत्र बालुवाटारबाट केहीबेरमा राष्ट्रपति कार्यालय पुग्दैछ ।

राजीनाबारे जानकारी दिन दिउँसो १ बजे महान्यायाधिवक्ता कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरिएको छ ।

खरेललाई २०७४ साल फागुन ८ गते राष्ट्रपतिले महान्यायाधिवक्ता नियुक्त गर्नुभएको थियो । झापा निवासी उहाँ प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो कार्यकालमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री नियुक्त हुनुभएको थियो ।

खरेलले अब हुने निर्वाचनमा झापा क्षेत्र नम्बर २ बाट चुनाव लड्ने तयारी गर्नुभएको छ ।

महान्यायाधिवक्ता सरकारको प्रमुख कानूनी सल्लाहकार पद हो ।