अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भोलिको केन्द्रीय कमिटी बैठकमा उपस्थित हुन्छु : वामदेव गौतम

भोलिको केन्द्रीय कमिटी बैठकमा उपस्थित हुन्छु : वामदेव गौतम


काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले एमालेको शनिबारको केन्द्रीय कमिटी बैठकमा आफू उपस्थित हुने बताउनुभएको छ ।

आज ललितपुरमा आयोजित अखिल नेपाल किसान महासंघको भेलालाई सम्बोधन गर्दै नेता गौतमले भोलिको केन्द्रीय कमिटी बैठकमा आफू उपस्थित हुने बताउनुभएको हो ।

साथै, उहाँले वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालसहिताका नेताहरू पनि भोलिको बैठकमा उपस्थित हुनुपर्ने बताउनुभयो ।

‘अब केन्द्रीय कमिटी बैठकबाटै लडाइँ गर्नुपर्छ । बैठकमा सबै सहभागी भएर खबरदारी गर्ने बेला यही हो,’ उहाँले भन्नुभयो ।

उपाध्यक्ष गौतमले सामूहिक रूपमा बैठकबाटै पार्टीभित्रको समस्या हल गर्नुपर्नेमा जोड दिनुभयो ।

भोलिका लागि प्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाउनुभएको छ ।