अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महान्यायाधिवक्ता खरेलद्वारा राजीनामा घोषणा, प्रधानमन्त्रीसँग सल्लाह गरेर नै राजनीनामा दिएको भनाइ

महान्यायाधिवक्ता खरेलद्वारा राजीनामा घोषणा, प्रधानमन्त्रीसँग सल्लाह गरेर नै राजनीनामा दिएको भनाइ


काठमाडौं- महान्यायाधिवक्ता अग्नि खरेलले राजीनामा दिनुभएको छ । उहाँले आज पत्रकार सम्मेलनमार्फत राजीनामा दिएको घोषणा गर्नुभएको हो ।

प्रधानमन्त्रीसँग आफूले सल्लाह गरेर नै राजनीनामा दिएको र आगामी दिनमा आफू सक्रिय राजनीतिमा क्रियाशील रहने उहाँले बताउनुभयो ।

खरेललाई २०७४ साल फागुन ८ गते राष्ट्रपतिले महान्यायाधिवक्ता नियुक्त गर्नुभएको थियो । झापा निवासी उहाँ प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो कार्यकालमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री नियुक्त हुनुभएको थियो ।

खरेलले अब हुने निर्वाचनमा झापा क्षेत्र नम्बर २ बाट चुनाव लड्ने तयारी गर्नुभएको छ ।

महान्यायाधिवक्ता सरकारको प्रमुख कानूनी सल्लाहकार पद हो ।