अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीले उद्योगीसँग अन्तरक्रिया गर्नुहुँदै

प्रधानमन्त्रीले उद्योगीसँग अन्तरक्रिया गर्नुहुँदै


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगी व्यवसायीसँग छलफल गर्नुहुने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल उद्योग वाणिज्य महासंघलगायत अन्य औद्योगिक व्यावसायिक संघ, संगठनका पदाधिकारीहरूसँग अन्तरक्रिया गर्नुहुने भएको हो ।

आगामी बजेटका विषयमा  उद्योगी व्यावशायीसँग प्रारम्भिक छलफल र अन्य केही व्यावसायिक समस्याका बारेमा प्रधानमन्त्रीले छलफल गर्न लाग्नुभएको प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार मोती दुगडले जानकारी दिनुभयो ।

छलफल शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा हुनेछ । छलफलमा प्रधानमन्त्रीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री राबहादुर थापा (बादल) पनि सहभागी हुनुहुन्छ ।