अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाल आधुनिकतातर्फ जाँदैछ : प्रधानमन्त्री ओली

नेपाल आधुनिकतातर्फ जाँदैछ : प्रधानमन्त्री ओली


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीलले नेपाल आधुनिकतातर्फ अघि बढेको बताउनुभएको छ ।

शुक्रबार साँझ उद्योगाी व्यवसायीसँगको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विकास पूर्वाधारका कामले तीव्रता पाइरहेकाले नेपाल अब आधुनिकतातर्फ बढेको बताउनुभयो ।

‘पूर्वाधार विकासका पक्षमा बाटाघाटा, यातायात, एयरपोर्ट, कहिँ केवलकार कहिँ अरू प्रकारका साधनहरू निर्माण हुँदैछन् । अहिले पनि इलेक्ट्रिक बस खरिदका लागि टेण्डर हुने शिलशिला जारी छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हामी आधुनिकतातर्फ जाँदैछौँ । यो अब पुरानो नेपाल होइन, हामीले नारामा नै भनेका छौँ ‘इतिहास झल्कने, आधुनकिता टल्किने’ नेपाल हुनुपर्छ भनेर ।’