अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

घोषणापत्र र मेरा कामहरू बिर्सेको छैन : प्रधानमन्त्री ओली

घोषणापत्र र मेरा कामहरू बिर्सेको छैन : प्रधानमन्त्री ओली


काठमाडौं- प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले चुनावमा गरेका धेरै वाचा पूरा भएका र केही पूरा हुने क्रममा रहेको बताउनुभएको छ ।

शुक्रबार साँझ बालुवाटारमा उद्योगी व्यवसायीसँगको छलफलमा उहाँले आफूले चुनावी घोषणापत्र नबिर्सेको बताउनुभएको हो ।

‘मेरो घोषणापत्र र मेरा कामहरू मैले बिर्सेको छैन,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हामी पहिला टार्गेट निर्धारण गर्छौं, त्यहीअनुसार अगाडि बढ्छौँ ।’

उहाँले नेपाल आधुनिकतातर्फ समेत अघि बढेको बताउनुभयो ।

‘पूर्वाधार विकासका पक्षमा बाटाघाटा, यातायात, एयरपोर्ट, कहिँ केवलकार कहिँ अरू प्रकारका साधनहरू निर्माण हुँदैछन् । अहिले पनि इलेक्ट्रिक बस खरिदका लागि टेण्डर हुने शिलशिला जारी छ,’ प्रधानमन्त्री ओलीलले भन्नुभयो, ‘हामी आधुनिकतातर्फ जाँदैछौँ । यो अब पुरानो नेपाल होइन, हामीले नारामा नै भनेका छौँ ‘इतिहास झल्कने, आधुनकिता टल्किने’ नेपाल हुनुपर्छ भनेर ।’