अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘समृद्धि हासिल गरिसकेपछि सुखका प्यारामीटरतिर ध्यान दिनु हुँदैन’

‘समृद्धि हासिल गरिसकेपछि सुखका प्यारामीटरतिर ध्यान दिनु हुँदैन’


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धि र सुख सँगसँगै अगाडि लैजानुपर्नेमा जोड दिनुभएको छ ।

‘भरे समृद्धि हासिल गरिसकेपछि अनि सुखका प्यारामीटर्सतिर ध्यान दिउँला भन्यो भने हामी पछाडि छुट्छौँँ,’ शुक्रबार साँझ उद्योग व्यवसायीसँगको छलफललाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘त्यसकारण अहिलेदेखि नै समृद्धि र सुख, यी दुई कुरालाई सबै क्षेत्रबाट उत्तिकै ध्यान दिएर लैजानुपर्‍यो ।’

प्रधानमन्त्री ओलीले चुनावका गरेका वाचा पूरा भएका र केही पूरा हुने क्रममा रहेकोसमेत बताउनुभयो ।
‘मेरो घोषणापत्र र मेरा कामहरू मैले बिर्सेको छैन,’ प्रधानमन्त्री ओलीलले भन्नुभयो, ‘हामी पहिला टार्गेट निर्धारण गर्छौं, त्यहीअनुसार अगाडि बढ्छौँ ।’