अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

किशोर प्रधानसहित २३५ उद्योगी एमाले प्रवेश, प्रधानमन्त्रीद्वारा स्वागत

किशोर प्रधानसहित २३५ उद्योगी एमाले प्रवेश, प्रधानमन्त्रीद्वारा स्वागत


काठमाडौं- सामूहिक रूपमा २ सय ३५ उद्योगी व्यवसायी नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । उहाँहरू आज बालुवाटारमा आयोजित एक अन्तरक्रिया कार्यक्रममार्फत एमालेमा प्रवेश गर्नुभएको हो ।

एमालेमा प्रवेश गर्ने सबैलाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र उपप्रधानमन्त्री एवं पार्टी महासचिव इश्वर पोखरेलले अबीर र दोसल्ला ओढाएर पार्टी प्रवेश स्वागत गर्नुभयो ।

पर्टी प्रवेश गर्नेमा उद्योगी किशोर प्रधान, ललित अग्रवाल, सिताराम अग्रवाल, हितेश गोल्छा, पुन ब्यास, कृष्ण प्रसाईं, मदन मित्तल, अजय सराओगी, ओमप्रकाश वंशल, नरेन्द्र गुप्तासहित २ सय ३५ जना छन् ।

उहाँहरू स्वच्छाले पार्टी प्रवेश गरेका प्रधानमन्त्रीका आर्थिक सल्लाहकार तथा पूर्वराज्यमन्त्री मोती दुगडले बताउनुभयो ।

उहाँले नीजि क्षेत्रबाट नेपालको इतिहासमा पहिलो पटक यति धेरै व्यक्ति पार्टी प्रवेश गरेको दाबीसमेत गर्नुभयो ।