अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले संसदीय दल र केन्द्रीय समिति बैठक बस्दै

एमाले संसदीय दल र केन्द्रीय समिति बैठक बस्दै


काठमाडौं– सत्तारुढ नेकपा एमालेको संसदीय दल र केन्द्रीय समिति बैठक बस्दैछ ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक बिहान साढे १० बजे र केन्द्रीय समिति बैठक दिउँसो १ बजेपछि बोलाउनुभएको छ ।

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र अस्तित्वमा रहेको फैसला गरेपछि प्रधानमन्त्री ओलीले सरकार र पार्टीका विषयमा थप छलफल गर्न बैठक बोलाउनुभएको हो ।

माधव नेपाल र झलनाथ खनाल पक्षले भने बैठक बहिष्कार गर्ने निर्णय गरेका छन् । शुक्रबार नै काठमाडौँमा बसेको नेपाल(खनाल पक्षको बैठकले ओलीले बोलाएका दुवै बैठक बहिष्कार गर्ने निर्णय गरेको हो ।