अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

डडेल्धुरामा जिप दुर्घटना, चार जना गम्भीर घाइते

डडेल्धुरामा जिप दुर्घटना, चार जना गम्भीर घाइते


डडेल्धुरा- डडेल्धुरामा जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

डडेल्धुरा सदरमुकामदेखि अजयमेरु जाँदै गरेको सु.प.प्र ०१-००१ ज ११६५ नम्बरको जिप शुक्रबार बेलुकी अजयमेरु गाउँपालिका-३ बुल्कुडामा दुर्घटना भएको हो । प्रहरीका अनुसार जिप अनियन्त्रित भई दुर्घटनामा परेको हो।

दुर्घटनामा गम्भीर घाइते भएकाहरूलाई थप उपचारको लागि धनगढी र नेपालगञ्ज रेफर गरिएको छ ।

टाउकोमा चोट लागेर घाइते भएका अजयमेरु–३ का ३५ वर्षीय राजेन्द्र पाण्डे, ३० वर्षीया सीता पाण्डे, २२ वर्षीया जयन्ती पाण्डे र ५२ वर्षीय बलबहादुर पाण्डेलाई धनगढीस्थित माया मेट्रो अस्पताल रेफर गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो ।