अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माधव पक्षका सांसद पोखरेल पनि एमाले संसदीय दलको बैठकमा

माधव पक्षका सांसद पोखरेल पनि एमाले संसदीय दलको बैठकमा


काठमाडौं– हिजोसम्म माधव नेपाल समूहमा रहनुभएका एमाले सांसद कृष्णभक्त पोखरेल आज एमाले संसदीय दलको बैठकमा उपस्थित हुनुभएको छ । उहाँले संसदीय दलको बैठकमा पटक पटक नआउने सांसदलाई कारबाही गर्न दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गर्नुभएको छ ।

बालुवाटारमा आयोजित संसदीय दलको बैठकमा पोखरेलले एमाले संसदीय दलको विधानको मस्यौधाकार आफू नै भएकोले त्यसको मर्म अनुसार बैठकमा उपस्थित भएको जानकारी दिनुभयो ।

बैठकमा नआएका माधव नेपाल लगायतका नेताहरुप्रति लक्षित गर्दै उहाँले भन्नुभयो, ‘कि हाम्रो संसदीय दलको नेता अर्को छ, हाम्रो पार्टी अर्को छ भन्न सक्नुपर्‍यो । होइन भने संसदीय दलको नेताले बोलाएको बैठकमा आउनुपर्‍यो । पटक पटक बैठकमा नआउनेलाई कारबाही गर्नुपर्दछ ।’

बैठकमा पोखरेलले बेलायतमा जोन मेजरलाई हटाउन खोजेजस्तै अहिले प्रधानमन्त्री ओलीलाई हटाउन खोजिएको बताउनुभयो । ‘बेलायतमा जोन मेजरलाई पनि हटाउन खोजे । ससंसदीय दलको निर्वाचन भयो । अर्को एउटाले उम्मेदवारी हालेको थियो । भरे फिर्ता गर्‍यो । अनि उहाँले ढुक्कले पाँच वर्ष सरकार चलाउनुभयो । त्यसैगरी हाम्रो पनि प्रधानमन्त्रीले पाँच वर्ष सरकार चलाएर चुनावमा हामी गरेका प्रतिवद्धता पुरा गर्नुपर्दछ ।’