अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको केन्द्रीय कमिटी बैठक जारी, माधव पक्षलाई कारबाहीको तयारी

एमालेको केन्द्रीय कमिटी बैठक जारी, माधव पक्षलाई कारबाहीको तयारी


काठमाडौं- नेकपा एमाले केन्द्रीय कमिटीको १२औँ बैठक बालुवाटारमा जारी छ ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा भएको बैठकले संसदीय दलले आज पारित गरेको विधानलाई अनुमोदन गर्ने सम्भावना रहेको एक केन्द्रीय सदस्यले जानकारी दिनुभयो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा प्रचार विभाग उपप्रमुख सूर्य थापाका अनुसार अहिले बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी छ ।

आजको बैठकले पटकपटक बोलाउँदा नि संसदीय दल र केन्द्रीय कमिटीको बैठकमा नआउने सांसद एवं केन्द्रीय सदस्यहरूलाई कारबाहीको अधिकार अध्यक्षलाई दिने सम्भावना रहेको एक केन्द्रीय सदस्यले बताउनुभयो ।