अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माधव नेपालसहित चार नेतालाई स्पष्टीकरण

माधव नेपालसहित चार नेतालाई स्पष्टीकरण


काठमाडौं- प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी विरोधी गतिविधि गरेको भन्दै एमालेका चार जना नेतालाई स्पष्टीकरण सोधिने बताउनुभएको छ ।

वरिष्ठ नेता माधव नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसााल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोधिने भएको हो । उहाँहरूबाट चित्तबुझ्दो जवाफ नआए कारबाही प्रक्रियाअघि बढाइने भएको छ ।

एमाले केन्द्रीय कमिटी बैठकले प्रतिनिधिसभा तथा प्रदेश सभाका समानुपातिक सांसदहरूको बन्दसूचीमा रहेको नाम हटाउने राख्ने या हेरफेर गर्ने अधिकार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मालाई प्रत्यायोजन गर्ने निर्णय गरेको छ ।