अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीद्वारा हिमाल आरोही शेर्पालाई बिदाइ

प्रधानमन्त्रीद्वारा हिमाल आरोही शेर्पालाई बिदाइ


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले अन्नपूर्ण तथा धौलागिरि आरोहण गर्न जान लाग्नुभएकी माया शेर्पालाई राष्ट्रिय झण्डासहित आज बिदाइ गर्नु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आरोही शेर्पालाई झण्डा हस्तान्तरण गर्दै सफलतापूर्वक आरोहण गरेर फर्कन शुभकामना दिनुभयो । उहाँले आफ्नो स्वास्थ्य र भौतिक अवस्था सबै विचार गरेर आरोहण गर्न सुझाव दिनुभयो ।

सन् २००३ देखि हिमाल आरोहण गर्नु भएकी शेर्पाले विश्वका ८ हजार मिटर अग्ला १४ वटा हिमाल आरोहण गर्ने लक्ष्य राख्नु भएको छ । यसमध्ये उहाँले पाँच वटा हिमालको आरोहण गरिसक्नु भएको छ ।

शेर्पाले यसअघि तीन पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नु भएको थियो ।