अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले केन्द्रीय कमिटीका ६ निर्णय

एमाले केन्द्रीय कमिटीका ६ निर्णय


काठमाडौं- नेकपा एमालेको केन्द्रीय कमिटीको १२ औं बैठक आज प्रधानमन्त्री निसवास बालुवाटारमा भएको छ । बैठकले मंसिरमा महाधिवेशन गर्ने देखि माधव नेपाल,भीम रावल,सुरेन्द्र पाण्डे र घनश्याम भूसाललाई स्पष्टिकरण सोध्नेसम्मको निर्णय गरेको छ । कमिटीले निम्न अनुसारका निर्णय गरेको परराष्ट्रमन्त्री एवं पार्टीका प्रवक्ता प्रदिव ज्ञवालीले जानकारी दिनुभएको छ ।

१. यो बैठकले आगामी २०७८ साल मंसिर २ देखि ६ गतेसम्म नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने निर्णय गर्दै विद्यमान २सय ६४ सदस्यीय केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरित गर्ने निर्णय गरेको छ ।

२.महाधिवेशन आयोजक कमिटीको अध्यक्ष र महासचिवमा स्वत: नै कमरेड केपी शर्मा ओली र इश्वर पोख्रेल रहने व्यवस्था गरेको छ । त्यहाँ रहने अन्य पदाधिकारीहरु र स्थायी कमिटीको बारेमा प्रस्ताव प्रष्तुत गर्नका लागि अर्को बैठकमा प्रस्ताव पेश गर्न अध्यक्ष तथा महासचिवलाई जिम्मा दिने निर्णय गरेको छ ।

३. २ सय ६४ जना केन्द्रीय सदस्यहरुको कार्यविभाजन गर्न र संगठनलाई व्यवस्थित गर्नका लागि कार्यविभाजन प्रस्ताव तयार गर्न संगठन विभाग प्रमुख कमरेड विष्णु प्रसाद पौडेल, जनसंगठन विभाग प्रमुख कमरेड टोपबहादुर रायमाझी र स्थायी कमिटी सदस्य कमरेड शंकर पोख्रेल रहेको तीन सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको छ ।

४.अब उप्रान्त प्रदेश मातहतका जिल्ला कमिटीहरुलाई जिल्ला संगठन कमिटीमा रुपान्तरीत गर्न र ति जिल्लाहरुको समयमै अधिवेशन सम्पन्न गर्ने । पालिका कमिटी र वडा कमिटीहरुलाई समेत व्यवस्थित ढंगले कामलाई अगाडि लैजान त्यस सम्बन्धि जिम्मेवारी सातवटै प्रदेश कमिटीहरुलाई सुम्पेको छ । यस भन्दा अगाडीको बैठकबाटै हामीले २०७८ असार मसान्तसम्म पार्टी सदस्यता नविकरण गर्ने समय तोकीसकेका छौं । नविकरण सम्पन्न भएसँगै अब तलसम्मका कमिटीहरुलाई व्यवस्थित ढंगले लैजाने अधिवेशनहरु सम्पन्न गर्ने काम गरिनेछ । प्रदेश कमिटीलाई थप व्यवस्थित गरिनुपर्ने कुराहरु भए त्यस सम्बन्धि प्रस्ताव प्रष्तुत गर्न प्रदेशका इन्चार्ज,सहइन्चार्जहरु,अध्यक्ष र सचिवहरुले आयोजक कमिटीमा प्रस्ताव प्रष्तुत गर्ने जिम्मेवारी दिएको छ । जनसंगठनका कामहरु व्यवस्थित गर्नका लागि त्यसका इन्चार्ज कमरेड टोप बहादुर रायमाझीले विभिन्न जनसंगठनका इन्चार्जह्रु,,सहइन्चार्जह्रु र संगठनका अगुवाहरुसँग बसेर प्रस्ताव प्रष्तुत गर्ने र सबै जनसंगठनलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरित गरेर जनसंगठनलाई व्यवस्थित बनाउने काम सम्पन्न गर्ने निर्णय गरेको छ ।

५.पार्टीलाई अनुशासित ,जनआधारित,चुस्त र राष्ट्रिय राजनीतिलाई ड्राइभ गर्न सक्ने नयाँ शक्तिको रुपमा स्थापित गर्ने संकल्प गरेको छ ।

६.फागुन २३ गते भन्दा अगाडीका गतिविधीका बारेमा एक ढंगले हेर्न सकिएला तर त्यसभन्दा पछि पनि लगातार गुटबन्दी गर्ने कुरालाई भने कदापी पनि क्षम्य मान्न सकिदैन । क्षमा गर्ने सकिदैन भन्ने निष्कर्षका साथ पार्टीको स्पष्ट निर्देशन अनुसार भेला नगर्नुहेस,त्यस्तो भेला गर्न पाइदैन भन्ने स्पष्ट निर्देशन हुँदाहुँदै पनि नेकपा एमालेकै ब्यानरमा नेकपा एमालेको राष्ट्रिय कार्यकर्ता भेला भनेर जुन ढंगको भेला गरियो त्यो असााध्यै गम्भीर र अनसाशन विपरीतको बिषय भएको हुनाले यस्तो गुटगत क्रियाकलापमा मूख्यतया जिम्मेवार रहनुभएका माधव कुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भूषालसँग स्पष्टिकरण माग गर्ने निर्णय गरिएको छ । बाँकी साथीहरुको हकमा उहाँहरुले आफूलाई गम्भिर रुपमा आत्मसमिक्षाका साथ पार्टीमा फर्किनु हुने,पार्टीमा क्रियाशिल हुनुहुने नेतृत्वले विश्वास पनि गरेको छ ।