अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री ओलीद्वारा पाकिस्तानी प्रधानमन्त्रीलाई स्वास्थ्यलाभको कामना

प्रधानमन्त्री ओलीद्वारा पाकिस्तानी प्रधानमन्त्रीलाई स्वास्थ्यलाभको कामना


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

उहाँले आज बेलुकी ट्वीट गर्नुहुँदै पाकिस्तानी प्रधानमन्त्री खानलाई सुस्वास्थ्य र कोभिड-१९ बाट मुक्त भई शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको हो ।

६८ वर्षीय प्रधानमन्त्री खान हाल ‘आवासमै अलग्गिएर बस्नुभएको’ स्वास्थ्यमन्त्री फैसल सुल्तानले ट्वीटरमा साझा गर्नुभएको छ ।

राष्ट्रिय क्रिकेट टोलिका पूर्वकप्तान समेत रहनुभएका इमरान खान सन् २०१८ को अगष्टमा चुनाव जितेर प्रधानमन्त्री नियुक्त हुनुभएको थियो । दुई दिनअघि मात्रै उहाँले कोभिड-१९ विरुद्धको खोप लगाउनुभएको बीबीसीले उल्लेख गरेको छ ।

महामारीमा पाकिस्तानमा ६ लाख २३ हजार १३५ जना सङ्क्रमित भएका छन् । १३ हजार ७९९ जना सङ्क्रमितको मृत्यु भएको छ ।