अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपतिको बंगलादेश भ्रमणका कार्यक्रम के-के छन् ?

राष्ट्रपतिको बंगलादेश भ्रमणका कार्यक्रम के-के छन् ?


काठमाडौं– दुई दिने राजकीय भ्रमणका लागि राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार बंगलादेश भ्रमणमा जाँदै हुनुहुन्छ ।

भण्डारी बंगलादेशका राष्ट्रपिता बंगलाबन्धु शेख मुजबुर रहमानको सतवार्षिकी जन्म जयन्तीमा सहभागी हुन बंगलादेश जान लाग्नुभएको हो । राष्ट्रपतिसहित परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव भरतराज पौडेल र अन्य केही उच्च सरकारी अधिकारी रहनुहुनेछ ।

बंगलादेशले रहमानको सतवार्षिकी कार्यक्रम एक हप्तासम्म विभिन्न कार्यक्रम गरेर मनाउँदैछ । कार्यक्रममा भण्डारी नेपाल(बंगलादेश सम्बन्धको बारेमा प्रवचन दिने कार्यक्रम छ ।

राष्ट्रपतिलेले बंगलादेशका समकक्षी मोहमद अब्दुल हमिदसँग विभिन्न दुईपक्षीय विषयमा कुराकानी गर्ने कार्यक्रम छ ।