अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मन्त्रिपरिषद्को निर्णय :

होटल उद्योगलाई लकडाउन अवधिको विद्युत् शुल्कमा शतप्रतिशत छुट

होटल उद्योगलाई लकडाउन अवधिको विद्युत् शुल्कमा शतप्रतिशत छुट


काठमाडौं- सरकारले कोरोना महामारीबाट प्रभावित होटल तथा रेस्टुरेन्ट उद्योगले तिर्नुपर्ने लकडाउन अवधिको विद्युत् शुल्क शतप्रतिशत मिनाह गर्ने निर्णय गरेको छ ।

अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्‍चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिनुभयो ।

यद्यपि, होटल उद्योगको रुपमा सञ्‍चालन भएका उद्योगमध्ये नियमित नवीकरण गरी कर विवरण पेस गरेका होटल तथा रेस्टुरेन्टलाई मात्र यो सुविधा दिइने उहाँले बताउनुभयो ।

सरकारले कोभिड संक्रमण जोखिम न्यूनीकरण गर्न बन्दाबन्दी घोषणा गरेको मिति २०७६ चैत ९ गतेदेखि २०७७ भदौ मसान्तसम्म होटल उद्योगले भुक्त्तानी गर्नुपर्ने विद्युतको मागको शुल्क शतप्रतिशत मिनाह गरिने प्रवक्ता गुरुङले जानकारी दिनुभयो ।

त्यस्तै, बैठकले असोज १ गतेदेखि माघ मसान्तसम्मको विद्युत् शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।