अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेका लागि अहिले दुवै हातमा लड्डु : मन्त्री गुरुङ

एमालेका लागि अहिले दुवै हातमा लड्डु : मन्त्री गुरुङ


काठमाडौं- सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले वर्तमान सरकार स्पष्ट बहुमतमा रहेको बताउनुभएको छ ।

आइतबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उहाँले अहिलको सरकार अल्पमतमा नभइ स्पष्ट बहुमतमा रहेको बताउनुभएको हो ।

‘यो अल्पमतमा रहेको सरकार होइन । स्पष्ट बहुमतमा रहेको सरकार हो । माओवादीले आफ्नो विश्वासतको मत कायमै राखेको छ,’ मन्त्री गुरुङले भन्नुभयो, ‘अनुचित र सिद्धान्तहीन गठबन्धन गरेर सरकार टिकाइराख्नु पर्दैन । एमालेका लागि अहिले दुईटै हातमा लड्डु छ ।’

सरकारमा रहँदा आफूले अघि सारेको एजेन्डा कार्यान्वयन गर्ने अवसर रहेको र प्रतिपक्षमा रहँदा पनि चुनावको तयारी गरेर बहुमत ल्याउने अवसर भएको मन्त्री गुरुङले बताउनुभयो ।