अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले चारै नेतासँग माग्यो स्पष्टीकरण

एमालेले चारै नेतासँग माग्यो स्पष्टीकरण


काठमाडौं– नेकपा एमालेले पार्टीका चार नेतालाई स्पष्टीकरण सोधेको छ ।

महासचिव ईश्वर पोखरेलले केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित नेताहरु भीम रावल, घनश्याम भूसाल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोध्नुभएको छ । ‘चारै जना नेताहरुका स्वकीय सचिवमार्फत पत्र दिइएको छ,’ एमाले केन्द्रीय कार्यालय स्रोतले भनेको छ ।

शनिबार बालुवाटारमा बसेको एमाले केन्द्रीय समिति बैठकले पार्टी हितविपरीत काम गरेको भन्दै नेपालसहित चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।